बुटवलमा कोरोना संक्रमित बिरामीको ज्यान गयो

 साउन ३१, २०७७ शनिबार १२:१५:६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा कोरोना संक्रमित बिरामीको ज्यान गएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज ज्यान गएको अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो । फोक्सोमा समस्या देखिएका उनकाे आईसीयूमा राखेर उपचार भइरहेको थियो । 

बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जीन एक्सपर्ट गरेर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको फेरि पीसीआर रिपाेर्ट पनि पोजेटिभ आएको थियो । ३ दिनअघि उपचारको लागि अस्पतालमा आएका ती बिरामीको फोक्सोमा संक्रमण थियो । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाको कारण कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया