काेराेना सङ्क्रमणमुक्त भएकाे रिपाेर्ट आएपछि डिस्चार्ज, चार घण्टापछि ज्यान गयाे

 साउन ३२, २०७७ आइतबार १३:३२:३१ | केसी लामिछाने
unn.prixa.net

पर्सा – कोरोना सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एक जनाको ज्यान गएकाे छ । 

वीरगञ्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट शनिबार राति कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुषकाे मृत्यु भएको हो । 

उहाँको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उहाँलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए । 

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उहाँलाई थप उपचारकाे लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले उहाँलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे उहाँको ज्यान गएकाे अस्पताल प्रशासनले जनाएकाे छ । 

प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि ज्यान गएपछि परीक्षण रिपोर्टमै आशङ्का उत्पन्न भएको छ । मृतकका आफन्तले फेरि स्वाब परीक्षणको माग गरेका छन् । मृतकको शव नारायणी वयोधा अस्पतालमै राखिएको छ । 

मृतकका एक छोरामा पनि कोरोना सङ्क्रमण देखिएपछि अहिले उनी होटल रानीपोखरीमा बनाइएको सामुदायिक आइसाेलेशनमा उपचाररत छन् । मृतकका श्रीमती र अर्को छोराकाे पनि स्वाब परीक्षणका लागि स्वाब लिइएकाे छ । 

गएकाे साउन १७ गते स्वाब दिएका मृतककाे नारायणी अस्तालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया