नारायणी अस्पतालमा ज्यान गुमाएका राैतहटका पुरुषमा काेराेना पुष्टि

 साउन ३२, २०७७ आइतबार २०:३६:६ | केसी लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्सा – क्षयरोगको समस्यासँग जुधिरहेका रौतहटका एक पुरुषकाे ज्यान गएपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषकाे त्यही राति ज्यान गएकाे अस्पतालले जनाएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डाक्टर उदयनारायण सिंहका अनुसार शनिबार राति ८ बजे ज्यान गुमाएका रौतहटको गौर नगरपालिका १ काे हनुमान चोकका ३२ वर्षीय पुरुषमा आइतबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

शनिबार ज्यान गएपछि उनको स्वाब सङ्कलन गरी परीक्षणकाे लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

यसअघि पनि वीरगञ्जमा उपचारको क्रममा रौतहटका एक जना कोरोना सङ्क्रमितको ज्यान गएकाे थियो । योसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुगेको छ । अहिलेसम्म पर्साका २० जना, बाराका पाँच जना र रौतहटका दुई जना र एक जना पहिचान नखुलेकाे पुरुषकाे ज्यान गएकाे हाे । 

साउन महिनामा मात्रै वीरगञ्जमा २४ जनाको ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया