मिर्गौलाको डायलाइसिस गराइरहेका चार जनाले जिते कोरोना

 भदौ १, २०७७ सोमबार ७:३४:२५ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा चार जना मिर्गौलाका बिरामी कोरोना सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । 

मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भई हेमो-डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना  जितेर अस्पतालको आईसीयूबाट घर फर्किएका हुन् ।

बारा जीतपुर सिमरा उप-महानगरपालिकाकी ३० वर्षीया  सपना श्रेष्ठ, निजगढ नगरपालिकाका ५६ वर्षीय नरबहादुर विक पर्सा पोखिरीयाकी ६५ वर्षीया कोशीला देवी र  वीरगञ्ज महानगरपालिका वडा नं १० घरिअर्वाकी ३५ वर्षीया तारा शर्मा कोरोना जितेर घर फर्किनु भएको हो । 

‘उनीहरुको उपचारमा विशेष खालकाे चिन्ता थियो’  नारायणी अस्पतालका डायलाइसिस इन्चार्ज डा.निरज सिंहले भन्नुभयो ‘हाई रिस्क ग्रुपमा पाइएको सफलताले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च भएको छ ’।

विक र श्रेष्ठ साेमबार वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । कोशीला र तारा भने हिजो डिस्चार्ज हुनु भएको हो ।  झन्डै १४ दिनको अस्पताल बसाइपछि गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुमा ३ घण्टाको डायलाइसिसको सेशन ४ पटक गरिएको डा‍‍.सिंहले बताउनु भयो । ‘उहाँहरु त संक्रमित नै हुनु भयो । हाम्रो पनि ज्यान जोखिममा थियो’ डा सिंहले भन्नुभयो ‘दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उहाँहरुलाई घर फर्काउन सकिएकाेमा खुसी मिलेको छ ’ ।

मिर्गौला फेल भएर डायलाइसिसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया