पर्सामा मेयर, स्वास्थ्यकर्मी र पत्रकारसहित थप ९२ जनामा कोरोना पुष्टि

 भदौ १, २०७७ सोमबार ९:३२:५२ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेहरुमा मेयर, स्वास्थ्यकर्मी र पत्रकार पनि रहेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि गएकाे साउन २७ गते एघार सयभन्दा बढीको स्वाब परीक्षणको लागि काठमाण्डौ पठाइएको थियो ।

विभिन्न पालिकाको क्वरेण्टीनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि धुलिखेलमा रहेको प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएको हो । वीरगञ्ज महानगरपालिकाका ३८ जना, पोखरियाका नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मी र एक जना पत्रकार रहेका छन् । त्यस्तै,जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

त्यहाँ पनि ४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया