साना किसानले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सबै ऋण मिनाहा

 जेठ १५, २०७५ मंगलबार १६:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले साना किसानले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सबै ऋण मिनाहा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । ऋण तिर्न अप्ठ्यारो परेका किसानलाई सरकारको यो घोषणाले राहत मिलेको छ ।

यस्तै सरकारले २६ जिल्लाका गरिब परिवारलाई आउँदो वर्ष परिचय पत्र दिने र बाँकीलाई २ वर्ष भित्र वितरण गरिसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।  सरकारले कृषि पशुपालन र माछापालनका लागि गरिने बीमाको ७५ प्रतिशत प्रिमियम रकम तिरिदिने भएको छ ।

सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइनुका साथै सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने बजेटमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया