धनकुटामा निषेधाज्ञा एक हप्ता थप

 भदौ ११, २०७७ बिहिबार २०:३६:५० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा जारी निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

धनकुटामा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले सङ्क्रमण रोक्न भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताउनुभयो । 

धनकुटाको सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौ ४ गते कोरोना भाइरसको सङक्रमण देखिएपछि त्यही दिनदेखि धनकुटामा भदौ ११ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको थियो । 

यस अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा निषेध गरिएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्यलगायत अन्य पसल खुला रहने छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया