पर्सामा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ १६, २०७७ मंगलबार ८:३८:३ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको नारायणी अस्थायी कोभिड अस्पतालमा ज्यान गएको हो ।

उपचारका लागि साउन ३१ गते भर्ना भएका उनको गएराति ज्यान गएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । उनमा टाइप टु मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको डा. चौरसियाले बताउनु भयो ।

वीरगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् । एक जनाको पहिचान खुलेको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया