अत्यावश्यक छैन भने स्वदेश नफर्कौंं, फर्कनै पर्दा यी कुरामा ध्यान दिऔँ

 भदौ १७, २०७७ बुधबार १०:४७:४५ | डा. सञ्जिव सापकोटा

अगष्ट ३० तारिखसम्म नेपालभन्दा बाहिर रहेका ३४ हजार ७०१ जना नेपालीमा सङ्क्रमण भएको हामीसँग तथ्यांक छ ।

त्यसमध्ये अधिकांश ३२ हजारभन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो अनुसार ९० प्रतिशतभन्दा धेरै नेपाली सङ्क्रमणमुक्त भएका छन् । त्यस अनुसार करिब ८० प्रतिशत भन्दा बढी व्यक्तिहरुलाई सामान्य मात्र असर गर्ने भन्ने कुरा यसले प्रमाणित गर्छ ।

यस्तै नेपालबाहेक संसारका विभिन्न देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १९५ पुगेको छ । पश्चिमी युरोपेली देशमा सङ्क्रमणको क्रम बढ्दो रुपमा देखिएको छ । मुख्यतया पोर्चुगल र स्पेनमा रहेका नेपालीहरुमा सङ्क्रमण बढेको देखिएको छ । यसलाई सेकेण्ड वेभ पनि भन्न सकिन्छ ।

मध्यपूर्वमा सङ्क्रमणको दर कम हुँदैछ । पहिले कुनै कुनै हप्ता हजारौंको संख्यामा पनि बढेको हामीले पाएका थियौं । तर यो हप्ता पहिलेको तुलनामा कम बढेको छ । तर पनि यूएईमा यो हप्ता भएको दुईजनाको मृत्युले यो कम भइसकेको छैन, सावधानी अझै अपनाउनुपर्छ र यसको खतराले मध्यपूर्वका देशमा नेपाली सङ्क्रमणबाट मुक्त भएका छैनौं भनेर बुझ्नुपर्छ ।

सावधानी अपनाऔँ

हामीले पहिलेदेखि सावधानी अपनाएमा सङ्क्रमण हुने सम्भावना निकै घट्छ भन्दै आएका छौं । तर आधारभूत कुरा, जस्तो सही तरिकाले मास्क लगाउने, कुनै पनि अपरिचित व्यक्ति सङ्क्रमित छ भन्ने सोचेर त्यही अनुसार सावधानी अपनाउने गर्नुपर्छ ।

मास्क त लगाएपछि नाकमुख नढाकेर लगाउने गरेका हुन्छन् । यसले जोखिम झन् बढाउँछ । जति नै बढी पत्र भएको मास्क हुन्छ, त्यति नै बढी सङ्क्रमण हुने जोखिम कम हुन्छ ।

यस्तै जुनसुकै कुरा छोइसकेपछि पनि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । साबुनमा भाइरसलाई मार्न सक्ने शक्ति हुन्छ । कुनै पनि बन्द ठाउँ जस्तै, कर्भडहल, कोठा, भेन्टिलेसन नभएको ठाउँ आदिमा आफू सजग भएर टाढिएर बस्नुपर्छ ।

हामी घरमै बस्यौं भने सङ्क्रमण फैलिने सम्भावना कम हुन्छ । जुन सहरमा बढी लकडाउन भयो त्यो सहरमा सङ्क्रमणको दर पनि कम हुन्छ ।

तर आर्थिक तथा कामको हिसाबले यो सम्भव नभएका कारण हामी बाहिर निस्के पनि अति नै सावधानी अपनाउनुपर्छ । जो पनि नयाँ सङ्क्रमण भएका छन्, उनीहरु थाहा पाएर पनि बेवास्ता गरेर अथवा थाहा पाएर पनि सही तरिकाले उपायहरु नअपनाएकाहरु देखिन्छन् । मास्क त लगाएपछि नाकमुख नढाकेर लगाउने गरेका हुन्छन् । यसले जोखिम झन् बढाउँछ । जति नै बढी पत्र भएको मास्क हुन्छ, त्यति नै बढी सङ्क्रमण हुने जोखिम कम हुन्छ ।

‘सेकेण्ड वेभ’को कुरा गर्दा यो कुनै भाइरसको शक्ति बढेको होइन । पहिला सङ्क्रमित नभएका व्यक्तिहरु आफू सुरक्षित छु भनेर सावधानी नअपनाएर बाहिर आउँदा ती व्यक्तिहरुलाई सङ्क्रमण भएर कोरोनाको दर बढेमा त्यसलाई ‘सेकेण्ड वेभ’ भनिन्छ । 

त्यसैले भाइरसको शक्ति बढेर नभइ हामी आफ्नै असावधानीका कारण सङ्क्रमणको दर ह्वात्तै बढेको अवस्था ‘सेकेण्ड वेभ’ हो । 

घर फर्कनै पर्ने बाध्यता छैन भने नफर्कौं

​अहिले स्वदेश फिर्तीका उडानहरु पनि भइरहेका छन् । सरकारले कही देशबाट नियमित उडान पनि खुलाएको छ । समस्यामा पर्नुभएका नेपाली श्रमिकहरु स्वदेश गइरहनुभएको छ ।

तर समस्यामा नपरेका र जानैपर्ने आवश्यकता नभएकाहरुले अहिले स्वदेश नफर्किनु नै उचित हुन्छ । बरु अलिकति पर्खेर, यो अवस्था मत्थर भएपछि फर्किए देशलाई पनि राम्रो हामी आफैलाई पनि सुरक्षित हुन्छ । त्यसैले अत्यन्तै आवश्यक छैन भने पोस्टपोण्ड गर्न मिल्छ भने त्यसो गर्न हाम्रो सुझाव छ ।

आफू स्वस्थ भएको तथा नेगेटिभ रिपोर्ट आइसकेपछि मात्रै आफू बाहिर निस्किनुपर्छ । यसो गरेमा देशवासीलाई पनि र बाहिरबाट आउनेहरुलाई पनि धेरै सहज हुन्छ । 

नेपालमा पनि सङ्क्रमण बढिरहेको छ । एउटा रिपोर्टेड केसको पछाडि पाँचदेखि १० वटा ‘अनरिपोर्टेड इन्फेक्टेड केस’हरु हुन्छन् । त्यसैले जति सङ्ख्या छ त्यसलाई कम्तिमा पनि पाँचले गुणा गर्नुपर्छ । त्यसैले गुण गरेर जति आउँछ त्यति नै व्यक्ति सङ्क्रमित भइसकेका हुन्छन् ।

बाहिरबाट जाने स्वस्थ व्यक्ति र त्यहीँ रहेका व्यक्तिहरुमा पनि सङ्क्रमण फैलिने डर हुन्छ । त्यसैले हामीले अहिले यात्रालाई स्थगित गर्नुस् भनेका छौँ । जानै परे पनि गन्तव्य देशबाट पीसीआर गरेर जाने, जहाजमा पनि आफूलाई एकदमै सुरक्षित राखेर, सङ्क्रमण हुनबाट आफू बचेर अरुलाई बचाएर, निकै सावधानी अपनाएर जानुपर्छ । यस्तै नेपाल पुगिसकेपछि पनि परीक्षण गर्नुपर्छ ।

यात्राको क्रममा कहीँ कतै सङ्क्रमण भइहालेमा तुरुन्त स्वास्थ्य उपचार लिनुपर्छ । आफू स्वस्थ भएको तथा नेगेटिभ रिपोर्ट आइसकेपछि मात्रै आफू बाहिर निस्किनुपर्छ । यसो गरेमा देशवासीलाई पनि र बाहिरबाट आउनेहरुलाई पनि धेरै सहज हुन्छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. सञ्जिव सापकोटा

डा. सापकोटा गैरआवसीय नेपाली संघ अन्तर्गतकाे स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ ।

1 Comments

  • PM Pradhanang

    Sept. 2, 2020, 6:53 p.m.

    The title of this interview is rude.....rude......and rude. Are people wanting to return fool? You have to walk in their shoes to realize their pain and desperation.

  •  0 Reply

तपाईको प्रतिक्रिया