मनसुनमा धेरै वर्षा हुने भएपछि जोखिम बढ्ने सम्भावना, तर छैन प...
जेठ ३, २०८१ बिहिबार
पाँचथर –एक महिनाभन्दा लामो समयदेखि भारत निकासी हुन नसकेको पाँचथरका किसानले उत्पादन गरेको टमाटर निकासी हुन थालेको छ ।
निर्यात सामग्रीको सूचीमा नपरेको भन्दै यहाँका किसानबाट उत्पादन भएको टमाटर भारतले निकासीमा रोक लगाएको थियो । अचानक टमाटर निकासी रोकिएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका किसानले फलाएको करोडौँ मूल्यको टमाटर बोटमै कुहिएको थियो ।
निकासी ठप्प भएपछि स्थानीय बजारमा टमाटर खपत हुन नसकेपछि बोटमै कुहिएको हो । टमाटरको भारत निकासी सहज बनाउन माग गर्दै किसानले केही दिनअघि टमाटर सडकमा फालेर साङ्केतिक आन्दोलन गरेका थिए ।
किसानले फलाएको टमाटर बोटमै कुहिन थालेपछि किसानको समस्याको वास्तविकता बुभ्mन संघीय सरकारको वाणिज्य मन्त्रालय र प्रदेश सरकारको टोली केही दिनअघि यहाँका किसानसम्म पुगेका थिए । मन्त्रालयको टोली किसानसम्म पुगेर किसानको समस्यालाई मध्यनजर गर्दै भारतीय पक्षसँग समन्वय गरेर निकासीको वातावरण मिलाएको बताइएको छ ।
टमाटर भारत निकासी सुरु भएसँगै बारी र सडकमा कुहिने अवस्थामा रहेको टमाटर व्यापारीले उठाउन थालेका छन् । अहिले प्रतिकेजी ९ रुपैयाँमा टमाटर बिक्री भैरहेको याङवरकका किसान गंगा लिम्बूले वताउनुभयो ।
टमाटरको निकासी खुलेसँगै किसानले राहतको महसुस गरेका छन् । केही वर्षदेखि टमाटरको सहज बिक्री र राम्रो मूल्य पाएकोले यहाँका किसान अन्य खेती बाली छाडेर टमाटर खेतिप्रति आकर्षित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।