धरानमा उपचाररत सप्तरीका २ सङ्क्रमितकाे ज्यान गयाे

 भदौ १८, २०७७ बिहिबार १९:५२:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा बिहीबार थप दुई जना कोरोना सङ्क्रमितकाे ज्यान गएकाे छ ।

काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेमा राजगढ गाउँपालिका ६ का ६५ वर्षीय पुरुष र राजविराज नगरपालिका ७ का एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार ती दुवै जनाको धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएकाे हाे । उनीहरुलाई ज्वराे आएपछि तत्काल राजविराजकाे गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकाे र थप उपचारको लागि धरान पठाइएको प्रमुख यादवले जानकारी दिनुभयो । 

ज्वरो र श्‍वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारकाे लागि धरान पठाउनुअघि उनीहरुकाे स्वाब लिइएको थियो र पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो । 

उहाँका अनुसार सप्तरीमा अहिलेसम्म आठ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया