कर्णाली प्रदेशका नागरिकको सामूहिक बीमा कालीकोटबाट सुरु

 भदौ ३०, २०७७ मंगलबार ९:२९:१५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट- कर्णाली प्रदेशका नागरिक र राष्ट्रसेवक कर्मचारीको सामूहिक बीमा कार्यक्रम कालीकोटबाट सुरु गरिएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल लगायतको उपस्थितिमा कार्यक्रमको सुरु गरिएको हो । 

कार्यक्रम जिल्ला प्रशासन कार्यालय कालीकोटमा गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कर्णाली प्रदेशमा विपद् बीमा सुरु गर्नु भएकाे हाे । मुख्यमन्त्री शाहीले साउन ११ को पहिरोमा ७ आफन्त गुमाएका नरहरिनाथ-७ माल्कोट, बागाका पदमबहादुर बुढालाई दुई लाख रुपैयाँको साङ्केतिक चेक हस्तान्तरण गर्नु भएको थियो । 

कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामूहिक बीमा कार्यक्रम सुरु गरेको मन्त्री शाहीले बताउनु भयो । कालीकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् बीमाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनु भयो । 

गैरेकाअनुसार पालिकाबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् बीमा बापतको दुई लाख रुपैयाँ जम्मा गरिएको छ । यस वर्षको बाढी र पहिरोमा कालीकोटले सबैभन्दा बढी क्षति व्यहोरेकाले कालीकोटबाट विपद् बीमाको सुरुआत गरिएको मन्त्री शाहीले बताउनु भयो । उहाँका अनुसार घर पूर्ण क्षति भएकालाई थप एक लाख र सम्पत्ति सबै क्षति भएकालाई ३ महिनासम्म खाद्यान्न कर्णाली प्रदेश सरकारले सहयोग गरिने छ । 

असारयता कालीकोटमा बाढी पहिरोमा परि ४४ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता भएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया