इजरायलमा कोरोना सङ्क्रमणबाट एक नेपालीको ज्यान गयो

 असोज २७, २०७७ मंगलबार १६:४६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलमा कार्यरत सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको कारण ज्यान गएको छ ।

अक्टोबर ४ मा एक महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ । इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया