असई मृत्यु प्रकरण : विकको शव आफन्तले बुझेनन्, प्रहरी जवान साउद अझै फेला परेनन्

 कात्तिक ३, २०७७ सोमबार १०:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको शव आफन्तले बुझेका छैनन् । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ को अस्थायी प्रहरी बिट जुगेडामा इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा हिजो बिहान शव फेला परेको थियो । ड्युटीकै क्रममा हत्या गरिएका विकका आफन्तले घटनाबारे सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेका छन् ।

विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने थाहा हुन सकेको छैन । साउदको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाइल फेला परे पनि अवस्था पत्ता लाग्न सकेको छैन । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया