असोज महिनामा मात्रै ८ हजारभन्दा धेरैले लिए विदेश जान श्रम स्वीकृति

 कात्तिक १६, २०७७ आइतबार १७:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – असोज महिनामा मात्रै विदेश जान ८ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

 ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले एक महिनाको अवधिमा श्रम स्वीकृति लिएका हुन् ।

सबैभन्दा धेरै खाडीका देश जान श्रम स्वीकृति लिने छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा धेरै खाडीको देश साउदी जान मात्र एक महिनाको अवधिमा २८ सय ३१ जनाले श्रम स्वीकृति लिएका छन् भने साउदीपछि सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स यूएई जानका लागि २६ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै कतारका लागि १३ सय ५१ जनाले, खाडीकै अर्को देश बहराइनका लागि ११३ जनाले, कुवेतका लागि १०३ जनाले, ओमानका लागि १०६ जनाले र मलेसिया जान १०३ जनाले श्रम स्वीकृति लिएका छन् । 

हेर्नुहोस् कुन देश जान कतिले लिए श्रम स्वीकृति


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया