चिनियाँ कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण ब्राजिलमा स्थगित

 कात्तिक २६, २०७७ बुधबार १०:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी - ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण स्थगित भएको छ ।

एकजना स्वयंसेवकको ज्यान गएसँगै परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । तर त्यो व्यक्तिको ज्यान जानुमा परीक्षणसँग सम्बन्धित थियो या थिएन भन्नेबारे भने खुलाइएको छैन । परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताउनुभएको छ ।

चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो । सिनोभाकले भने आफूहरू खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको दाबी गरेको छ । कम्पनीले आपत्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई यो खोप दिइसकेको छ ।

खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ । इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले सिनोभाकको खोपको परीक्षण सहज रूपमा अघि बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको परीक्षण गरिरहेको संस्थाका प्रमुख कोभासले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया