छठपर्वको तेस्रो दिन आज खरना मनाइँदै

 मंसिर ४, २०७७ बिहिबार १०:५०:५९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - छठपर्वको तेस्रो दिन आज खरना मनाइँदैछ ।

आस्था र निष्ठापूर्वक घरघरमा मनाइने छठपर्वको तेस्रो दिन मिथिलाञ्चलमा आज बेलुका खरना मनाउने गरिन्छ । दिनभरि निराहार उपवास बस्ने व्रतालु बेलुका घरमा सख्खर र खिर चढाएर खरना पर्व मनाउने गर्छन् । आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि, ताल या पोखरीको किनार तथा सडक सफा गर्ने, घाँस खुर्किने र पानीलाई सफा गर्ने चलन छ ।

त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्घ भन्ने गरिन्छ । भोलि व्रतालु निराहार व्रत बसेर घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाइ प्रकारहरु, नैवेद्य, फलफूल सामग्री, नरिवल, केरालगायतका पूजा सामग्रीसहित बेलुका नजिकै रहेको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ ।

छठको अन्तिम दिन बिहान उदाँउदो सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने गरिन्छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया