काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

 मंसिर ५, २०७७ शुक्रबार १७:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् । 

शुक्रबार काठमाण्डौमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाण्डौमा अहिलेसम्म ८१ हजार पाँच सय ८५ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ५० हजार चार सय १५ जना पुरुष रहेका छन् भने ३१ हजार एक सय ७० जना महिला रहेका छन् । 

यस्तै ललितपुरमा ६ हजार पाँच सय ७३ जना पुरुष र पाँच हजार दुई सय ९९ जना महिलासहित ११ हजार आठ सय ७२ जनालाई सङ्क्रमण पुष्टि भएको छ । 

यसैगरी भक्तपुरमा चार हजार एक सय १२ जना पुरुष र तीन हजार एक सय ९८ जना महिला गरी अहिलेसम्म सात हजार तीन सय १० जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार देशैभर एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया