कोरोना खाेपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

 मंसिर ५, २०७७ शुक्रबार २०:८:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ ।

अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ । 

यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको छैन । यद्यपि अमेरिकी सरकार भने डिसेम्बरको दोस्रो हप्तासम्म खोपले अनुमति पाउनेमा आशावादी छ । 

यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । 

यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए । सहभागीमध्ये आधालाई खोप र आधालाई डमी दिइएको थियो ।

 याे पनि पढ्नुहाेस्

गएको हप्ता फाइजर र बायोटेकले प्रारम्भिक तथ्याङ्क प्रकाशित गर्दै खोप ९० प्रतिशत सुरक्षित रहेको र स्वास्थ्यलाई लिएर कुनै समस्या नभएको बताएको थियो । तर गएको बुधबार फेरि तथ्याङ्क सार्वजनिक गर्दै ९५ प्रतिशत सुरक्षित भएको बताएको हो । 

गएकाे बुधबार नै चीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले 'मध्य चरणमा सफलता पाएको' अनुसन्धानकर्ताले बताएका थिए । 

अहिले विभिन्न कम्पनीका खोपहरु सुरक्षित भएको दाबी गरिँदै जाँदा खोपलाई लिएर आत्मविश्वास बढेको छ ।      

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया