ब्राजिलमा परिवारका सदस्य बिरामी भएकाे विश्वास दिलाइ फेसबुकमार्फत १० लाख ठगेकाे आराेपमा एक पक्राउ

 मंसिर ७, २०७७ आइतबार १८:४५:२० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाकी एक महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत दश लाखभन्दा धेरै ठगी गरेको आरोपमा बाजुराका एक युवा पक्राउ परेका छन् । 

प्रहरीले बाजुराको हिमाली गाँउपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो । 

पाण्डेले स्याङ्जाकी एक महिलालाई आफू ब्राजिलमा रहेको र परिवारका सदस्य गम्भीर बिरामी भएकाे भन्दै विश्वास दिलाइ १० लाख २८ हजार सात सय रुपैयाँ ठगी गरेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गराइ अनुसन्धान सुरु गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । पाण्डेविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया