बालिका हत्या प्रकरण : बर्दिवास तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तीन घाइते

 मंसिर ९, २०७७ मंगलबार १५:८:२२ | धनवीर महतो
unn.prixa.net

सामाजिक सञ्जाल

महोत्तरी – ६ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या गरेकाे आराेपमा पक्राउ परेका अरुणकुमार साहमाथि कारबाहीकाे माग गर्दै बर्दिवासमा स्थानीयहरूले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीकाे भिडलाई तितरवितर गर्न प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा सञ्जयकाे तिघ्रामा गाेली लागेकाे र उनकाे अवस्था गम्भीर रहेकोले बर्दिवासकाे पिनाकल हस्पिटलमा भइरहेको छ ।

त्यस्तै प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा श्याम र अफताब घाइते भएका हुन्, उनीहरूकाे बर्दिवासकाे शुभ स्वस्तिकमा उपचार भइरहेको छ ।

मङ्गलबार बिहानैदेखि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन गाेली चलाउनुपरेकाे इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

बालिका हत्याकाे आराेप लागेकालाई कारबाहीकाे माग गर्दै स्थानीयले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन पहिले अश्रुग्यास प्रहार गरिएकाे र स्थिति साम्य नहुँदा प्रहरीले हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिनुभयाे ।  

अहिले प्रदर्शन स्थलमा भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आरोपीका घरमा आगजनी

बालिकाकाे बलात्कारपछि हत्या गरेकाे आराेप लागेका अरुणकुमार साहको घरमा आक्रोशित बनेका स्थानीयहरूले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका २५ वर्षीय साहको घरमा ढुङ्गामुढा गर्दै स्थानीयले आगो लगाएका हुन् ।

आइतबार साँझदेखि हराइरहेकी बालिकाकाे हत्या गरी बोरामा राखेर फालेको अवस्थामा प्रहरीले मध्यरातमा शव भेटेकाे थियाे । पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बालिकाको शव फेला परेपछि बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग बन्द गरेर बर्दिबासमा प्रदर्शन भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया