बालिका हत्या प्रकरण : महोत्तरीका विभिन्न ठाउँमा दिनैभरि प्रर्दशन

 मंसिर १०, २०७७ बुधबार १९:१६:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बालिका हत्याको विरोधमा महोत्तरीका विभिन्न ठाउँमा बुधबार दिनैभरि प्रदर्शन भएकाे छ । महाेत्तरीकाे बर्दिवास, जलेश्वर र सम्सीमा स्थानीयहरूले दिनैभरि प्रर्दशन गरेका हुन् ।

बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागि उपचारको क्रममा ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणालगायतका माग राख्दै प्रर्दशन भएकाे हाे । 

बर्दिवासमा मेयर र डीएसपीको पुतला दहन 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै बर्दिवासमा मङ्गलवार दिनभरि नै स्थानीयहरू प्रर्दशनमा उत्रिएका थिए । प्रदर्शनकारीहरूले बर्दिवासका मेयर विदुरकुमार कार्की र इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँकाे पुतला दहन गरेका हुन् ।

सदरमुकाम जलेश्वरमा मुखमा कालोपट्टी बाँधेर युवाहरूद्वारा प्रर्दशन 

सदरमुकाम जलेश्वरमा स्वतन्त्र युवाहरूको एक समूहले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे छ । युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा उत्रिएकाे स्वतन्त्र युवाहरूको समूहले बर्दिवासको घटनालाई लिएर मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे हाे । 

प्रदर्शनमा सहभागीहरूले नागरिकलाई गोली हान्ने प्रहरीलाई कारबाही गर, सञ्जय न्यौपानेलाई शहीद घोषणा गर, बलात्कारीलाई कारबाही गर, बालिकालाई न्याय देऊ लगायतको नारा लेखिएको प्लेकार्ड समेत देख्न सकिन्थ्याे । 

गएकाे आइतबारदेखि हराएकी ६ बर्षीया बालिकाकाे शव सोमबार मध्यरातमा भेटिएको थियो । बालिकाकाे बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया