बालिका हत्या प्रकरण : महोत्तरीमा तेस्रो दिन पनि प्रदर्शन, नगरपालिकाद्वारा राहत रकमको घोषणा

 मंसिर ११, २०७७ बिहिबार १७:२३:४१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – चार बुँदे सहमतिपछि बिहीबार बिहानदेखि महोत्तरीको बर्दिवासमा जनजीवन सामान्य बने पनि दिउँसोदेखि फेरि प्रदर्शन भएको छ ।

बालिका हत्याको विषयलाई लिएर विरोध स्वरूप तेस्रो दिन पनि महोत्तरीमा प्रदर्शन भएको हो, स्थानीय बासिन्दाले बर्दिवासमा टायर बालेर प्रदर्शन गरेका हुन् । बजार, शिक्षण संस्था, उद्योगहरू बिहीबार पनि खुल्न सकेनन् । सम्सी र गौशालामा पनि प्रदर्शन भएको छ ।

बर्दिवास नगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ति निकालेर मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले मृतकका परिवारलाई दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरीकाे गोली लागेर ज्यान गुमाएका बुद्धिराज न्यौपानेको परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारीसमेत उपलब्ध गराउने नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

गएकाे मङ्सिर ७ गते बेलुकादेखि हराइरहेकी ६ वर्षीया बालिकाको शव मङ्सिर ८ गते मध्यरातमा फेला परेको थियो । मङ्सिर ९ गते बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो । 

बालिकाकाे बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया