बर्दिवास प्रकरण : हत्या गरिएकी बालिका र प्रहरीकाे गाेली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारकाे राहत

 मंसिर १७, २०७७ बुधबार २०:१६:३७ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको बर्दिवासमा बलात्कारपछि हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश २ का सरकारले राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई जनही पाँच लाख रकम राहतस्वरूप उपलब्ध गराउने जानकारी गराउनुभएको हो । मन्त्री यादवले प्रहरीको गोली लागि घाइते भएकालाई उपचार खर्चबापत जनही एक लाखका दरले रकम उपलब्ध गराउने पनि बताउनुभयो ।

बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको गएको मङ्सिर आठ गते शव भेटिएको थियो भने घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बर्दिवास नगरपालिका १ का बुद्धिराज न्यौपानेको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया