सिप्रदीद्वारा पोखराकाे मोटरसाइकल वर्कशपलाई 'म्याक सर्भ' मा स्तरोन्नति

 मंसिर २२, २०७७ सोमबार १७:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्ट्स र नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीको संयुक्त परियोजनामा पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्सका डेपुटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएशन पोखराका अध्यक्ष लक्ष्मण केसीले म्याक सर्भमा स्तरोन्नतिकाे उद्घाटन गर्नुभएकाे हाे । 

म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । जहाँ म्याक ल्युब्रिकेन्टसकाे प्रयोग गरी मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ सेवा प्रदान गरिनेछ । याे वर्कशपमा ग्राहकले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सकिने जनाइएकाे छ।

यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युअन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छ । साथै म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा डिसेम्बर २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टसमा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्ट्समा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया