पाँचथरमा लाखौँ खर्च गरेर बनाइएका एकीकृत बस्ती अलपत्र

 पुस १, २०७७ बुधबार १०:३२:३६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ ।

निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन वर्षअघि पहिरोबाट विस्थापित भएका ३ र ४ नम्बर वडाका स्थानीयका लागि फालेलुङ गाउँपालिका र १ नम्बर प्रदेश सरकारको सहयोगमा बस्ती निर्माण गरिएको हो । तर, अझै आवश्यक पूर्वाधार भने निर्माण हुन सकेको छैन ।

प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटमा १५ घर निर्माण भएका छन् । तीन वर्ष अघि गएको पहिरोबाट ४८ परिवार विस्थापित भएका थिए । एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । यता, आवश्यक पूर्वधारहरु पुरा गरेर तत्कालै बस्ति हस्तान्तरण गर्ने तयारी भईरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले वताउनुभयो ।

चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङको भनाई छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया