वाग्मतीलाई हराउँदै आर्मी पीएम कपकाे फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

 माघ १५, २०७७ बिहिबार १६:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा बिहीवार वाग्मतीलाई ९४ रनले हराउँदै आर्मी उपाधि नजिकै पुगेको हो ।

आर्मीले जितका लागि दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४० ओभर २ बलमा अलआउट हुँदै एक सय ३५ रनमात्रै बनाउन सक्यो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन जोडे पनि जितका लागि पर्याप्त भएन । आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम सोब र सुसन भारीले तीन/तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा दुई सय २९ रन बनाएको थियो । उसका लागि राजेश पुलामीले सबैभन्दा धेरै ६५ रन बनाए । वाग्मतीका लागि गौतम केसी एक्लैले पाँच विकेट लिए ।

अब उपाधिका लागि आर्मी र एपीएफले शनिबार खेल्नेछन् ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया