पाँचपोखरीको छिम्ती भिरमा ‘रक क्लाइम्बिङ’ को परीक्षण

 फागुन १४, २०७७ शुक्रबार १९:१४:२७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाँउपालिकामा ‘रक क्लाइम्बिङ’ को परीक्षण गरिएको छ । गाँउपालिकाको वडा नम्बर ३ को छिम्ती भिरमा रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । 

नेपाल सरकारले सार्वजनिक गरेको नेपालका घुम्न लायक ठाँउमध्येको एक पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रतालगायतका योजना एकै ठाँउमा भएको यो एसियाकै पहिलो ठाउँ रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।  

काठमाण्डौदेखि नजिक रहेको पाँचपोखरी पदमार्गमा पर्ने यो ठाउँमा यी योजना अघि बढाइएको गाउँपालिकाले जनाएको हो । जुगल रेन्जका हिमाल र गाङ्गछोङम्बा हिमालको दृश्यावलोकन गर्न सकिने यो ठाउँमा तीनवटै योजनाको सुरुवात भएपछि स्थानीय युवाले रोजगारी पाएको वडाध्यक्ष तामाङले बताउनुभयो । 

कृत्रिम झरनाबाट छिम्ती भिरभन्दा पल्लो भेगमा रहेको देउराली र डुखाङलगायतका बस्तीमा सिँचाइ गर्ने उद्देश्य पनि लिइएको छ । 

रक क्लाइम्बिङ गर्ने पहिलो महिला कमला तामाङ (हिरा) ले आफ्नै गाँउठाँउमा सुरु भएको यो कामले आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ अनुभव हुने बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया