संखुवासभामा मध्यावधि चुनावका लागि ५ लाख ५७ हजार खर्च

 चैत ४, २०७७ बुधबार १०:५८:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – जिल्ला निर्वाचन कार्यालय संखुवासभाले मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गर्दै आगामी ०७८ वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने समय तोक्नुभएको थियो । मध्यावधि चुनाव तोकेसँगै सरकारले निर्वाचन आयोगलाई निर्वाचन तयारी गर्न भन्दै जिल्ला स्तरसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।

निर्वाचन आयोगले निर्वाचनको तयारीमा जुट्न निर्देशन आएपछि संखुवासभा जिल्ला भित्रका १० वटै स्थानीय तहको मतदाता नामवली अद्यावधिक गर्ने काम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दंगालले बताउनुभयो । 

उहाँका अनुसार, निर्वाचनलाई नै केन्द्रित गरेर जिल्लाका १० वटै स्थानीय तहको मतदाता नामावली नियमित कार्यक्रम अन्तर्गत अद्यावधिक गरिएको हो । मध्यावधि निर्वाचनको नै लागि तोकेर विभिन्न शीर्षकमा ५ लाख ८५ हजार रुपैयाँ मध्ये ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरिसकेको जिल्ला निर्वाचन कार्यालय प्रमुख दंगालले बताउनुभयो ।

‘निर्वाचन आयोगबाट सवारी साधन मर्मत, औजार उपकरण मर्मत, सञ्चार र प्रोत्साहन भत्ता वापत सो रकम खर्च गरेको हो’, निर्वाचन कार्यालय प्रमुख दंगालले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया