कोरोनाका कारण थप तीन जनाको ज्यान गयो,  ८५ जना सङ्क्रमित थपिए

 चैत १४, २०७७ शनिबार १६:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।

यस्तै थप ९३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया