काेराेनाविरुद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म दुई प्रतिशतलाई खोप लगाइयो

 चैत २७, २०७७ शुक्रबार ६:३७:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - अफ्रिका काेराेनाविरूद्धकाे विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठनले  जनाएकाे छ । 

अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उदृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भन्नुभएको छ । 

‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको जानकारी गराउनुभयो ।

डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्कअनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघ बाल कोष (यूनिसेफ)को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसार गाडीको उपलब्धतामा समस्याका साथै अन्य व्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो । उहाँले भन्नुभयो,'यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ ।'

यद्यपि कोभ्याक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया