कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख ३ गतेका लागि आह्वान

 चैत ३०, २०७७ सोमबार १८:४७:४१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आउँदो वैशाख ३ गतेका लागि आह्वान गरिएको छ । यही आइतवार बसेको प्रदेशकाे मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । 

प्रदेशकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलाैनीले साताैँ हिउँदे अधिवेशन वैशाख ३ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

प्रदेश सभाको छैटाैँ तथा वर्षे अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो । 

गएको चैत ५ गतेदेखि लागू हुने गरी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया