बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज

 बैशाख ४, २०७८ शनिबार ९:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ ।

महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् फिलिपको ९९ वर्षको उमेरमा गएको शुक्रवार निधन भएको थियो ।

अन्तिम संस्कारको समारोह नेपाली समयअनुसार बेलुका पौने ८ बजे बिन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा हुनेछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बीबीसीले जनाएको छ ।

सन् १९ सय २१ को जुन १० तारिखमा ग्रीसको कोर्फु टापुमा जन्मिएका राजकुमार फिलिप र राजकुमारी एलिजाबेथले सन् १९ सय ४७ मा विवाह गरेका थिए ।

फिलिपका नाति राजकुमार ह्यारी समारोहमा सहभागी हुने तर मेगन भने सहभागी नहुने खबरमा उल्लेख छ । गएकाे वर्ष राजकीय जिम्मेवारी त्याग गरेपछि राजकुमार ह्यारी पहिलो पटक बेलायत फर्कनुभएको हो ।

कोरोना भाइरस सम्बन्धी प्रतिबन्धका कारण बेलायतमा भौतिक दूरी कायम गरी ३० जना मात्रै एक ठाउँमा भेला हुन पाउँछन् । स्वास्थ्यसम्बन्धी मापदण्डका कारण सर्वसाधारण नागरिकलाई अन्तिम समारोहका कुनै पनि गतिविधिमा भाग नलिन भनिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया