'कोपा डेल रे' फुटबलको उपाधि बार्सिलोनालाई

 बैशाख ५, २०७८ आइतबार ९:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बार्सिलोनाले स्पेनिस 'कोपा डेल रे'को फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा एट्लेटिकाे बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले खेलको ६८ औँ र ७२ औँ मिनेटमा गोल गरे । यसअघि एन्टोनियो ग्रीजम्यानले ६० र  फ्रेन्की डी जोङले ६३ औँ मिनेटमा एक/एक गोल गरेका थिए । बार्सिलोनाले ३१ औं पटक 'कोपा डेल रे'को उपाधि जितेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया