नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

 बैशाख ८, २०७८ बुधबार ११:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ ।

आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया