तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

 बैशाख १२, २०७८ आइतबार १३:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेकाे १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो । 

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’

भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस् भन्ने सरकारको चाहना रहेको उहाँले बताउनुभयो । ‘हटस्पट ठाउँहरूमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’ 

साथै बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । आयोजक कमिटी सदस्यको बैठकले पालिका र जिल्लामा रहेका समितिसँग सहकार्य गरेर पार्टी पङ्क्तिलाई परिचालित हुने निर्देशन दिएकाे परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया