आफूले बनाएकाे समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्षकाे नेतृत्वमा गाउँपालिकामा ताला

 बैशाख १५, २०७८ बुधबार २०:३९:२६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाँउपालिका २ का अध्यक्षकै नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे छ । वडा कार्यालय भवन निर्माणका लागि दुई वटा उपभोक्ता समिति बनेपछि आफूले बनाएको उपभोक्ता समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे ।  

यस वडाको कार्यालय भवन निर्माणका लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । त्यस समितिमा आफू निकटको व्यक्ति नपरेको भन्दै गाउँपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद सुरु भएको थियो ।

वडामा परेका योजनामा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गरिने त्यहीअनुसार समिति निर्माण गर्दा गाउँपालिकाले हस्तक्षेप गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभएको छ । सर्वपक्षीय भेला गरेर समिति निर्माण गरेकाले समिति निर्माण गर्दा आफूले कुनै पूर्वाग्रह नराखेको उहाँकाे भनाइ छ ।

लामो समयदेखि विवाद भएपछि बुधवार (आज) गाउँपालिकाको कार्यालयमा ताला लगाइएकाे हाे । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतकाे कार्यकक्षमा ताला लगाइएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया