अल्पमतका मुख्यमन्त्रीलाई स्वीकार गर्दैनाैँ, याे लाेकतन्त्रकाे हत्या हाे : विपक्षी गठबन्धन

 बैशाख २०, २०७८ सोमबार १३:१:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेशमा सरकार बाहिर रहेका दलहरूले मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्ति र शपथ असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुटवलमा साेमवार (आज) संयुक्त पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध कानुनी र राजतीतिक लडाइँ लड्ने बताएका हुन । विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई अस्वीकार गर्ने र केन्द्रको निर्देशनअनुसार थप राजनीतिक र कानुनी कदम चाल्ने बताएका हुन् ।

४२ सांसदको हस्ताक्षरलाई लत्याएर ३७ जनाको समर्थन रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक, अराजनीतिक मात्रै नभइ लोकतन्त्रको हत्या नै हो कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले भन्नुभयो ।

प्रदेश सभा छलेर मुख्यमन्त्री बनेका पोखरेललाई प्रदेश सभाबाटै हटाउने विपक्षी गठबन्धनको दाबी छ । धर्नामा बसेका महिला सांसदमाथि बल प्रयोग गरेर हिंसा गरेको भन्दै संयुक्त गठबन्धनले प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकलाई निलम्बन गरेर कारबाही गर्न माग गरेको छ । 

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता तारा जिसी सहभागी थिए । 

विपक्षी गठबन्धनको धर्ना, विरोध र नाराबाजीका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री कार्यालयमै पुगेर पोखरेललाई शपथ गराउनु भएको थियो । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया