ढोरचौर रमाल्नेटा जोड्ने गरी शारदामा झोलुंगे पुल बन्ने

 भदौ ७, २०७५ बिहिबार १५:१०:४४ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको शारदा नगरपालिका–१४ माल्नेटा र शिद्द कुमाख गाउँपालिकाको ढोरचौरको बीचमा रहेको शारदा नदीमा पुल बन्ने भएपछि स्थानीयलाई शारदा नदी वारपार गर्न सहज हुने भएको छ ।

शारदा नदीमा करिब ७० मीटर लामो झोलुंगे पुल बन्ने भएको हो । ढोरचौर देखि अली माथि शारदा नदीमा पुलको इस्टीमेट गरिएको शारदा संस्था सल्यानका रमेश भण्डारीले जानकारी दिनुभयो ।

एक वर्ष भित्रै पुल बनाइसक्ने योजना रहेको उहाँले बताउनुभयो । अब डिजाइन स्वीकृति लगायतको काम बाँकी रहेको र लगतै काम शुरु गर्ने उहाँले बताउनुभयो ।

करिब ५० लाखको लागतमा पुल बन्ने अनुमान गरिएको छ । पुलको सर्वेक्षणसँगै स्थानीय हरिहर गिरीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन भइसकेको स्थानीय यादव उपाध्यायले जानकारी दिनुभयो । 

पुल नहुँदा यहाँका स्थानीय तथा विद्यार्थीलाई वर्षात्को समय तथा अन्य समयमा शारदा नदी वारपार गर्न निकै समस्या हुने गरेको छ । 

अदुवाका लागि विश्व प्रसिद्द स्थान माल्नेटा पुग्न बीचमा पर्ने शारदा खोलामा पुल नहु“दा नदी वारपार गर्न कठिनाई हुने गरेको स्थानीयको भनाई छ । 

पुल बन्ने भएपछि वर्षाको समयमा सबैभन्दा बढी समस्या भोग्दै आएका विद्यार्थी्लाई राहत हुने भएको छ । 

‘शारदा नगरपालिका–१४ माल्नेटाका बालबालिका नीजि विद्यालयमा पढ्नका लागि शारदा नदी पार गरेरै शिद्द कुमाख गाउँपालिकाको ढोरचौरमा पढ्न पठाउनु पर्छ,’ स्थानीय रमेश गिरीले भन्नुभयो, यहाँ पुलको अत्यन्तै आवश्यकता थियो, अब पुल बन्ने भएपछि बालबालिका लगायत हामी ठूला मान्छेलाई पनि नदी वारपार गर्न सहज हुने भयो ।’
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया