रुपन्देही : ८ घण्टामा ४ जना सङ्क्रमितको ज्यान गयाे

 बैशाख २२, २०७८ बुधबार ११:४७:७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार पछिल्लो ८ घण्टाको बीचमा ४ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमध्ये ३ महिला र १ पुरुष रहेका छन् । बुटवल उपमहानगर-१२ का ४७ वर्षीय पुरुष, कञ्चन गाउँपालिका ४ की २७ वर्षीया महिला , बुटवल ९ कि ५४ वर्षीया महिला र तिलोत्तमा ४ कि ४० वर्षीया महिलाको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै कोरोनाबाट रुपन्देहीमा ज्यान गुमाउनेको संख्या दुई सय २४ पुगेको छ । ४ हजार ५ सय बढी होम आइसोलेशनमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया