पाँचथरमा फौजी किराले मकै बाली सखाप पारेपछि किसान चिन्तित

 बैशाख २५, २०७८ शनिबार १८:२८:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।

हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने विषादी किसानलाई वितरण गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताउनुभयो ।

गएको वर्ष पनि जिल्लाका सबै पालिकामा किसानले लगाएको मकै बाली फौजी किराले सखाप पारेको थियो । जिल्लामा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया