ओलीलाई विश्वासकाे मत दिने/नदिनेबारे मत विभाजन सुरु

 बैशाख २७, २०७८ सोमबार १७:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे मत विभाजन सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गर्नुभएको छ । विश्वासको मत दिने, नदिने र तटस्थ रहनेलाई छुट्टा–छुट्टै व्यवस्था गरिएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण भएका सांसदलाई संसद् भवनबाहिर छुट्टै स्वास्थ्य मापदण्डको पालना गराइ मत दिन व्यवस्था गरिएको छ । सांसदले आफ्नो मत दिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने/नपाउनेबारे निर्णय आउनेछ ।  

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन अहिले कायम रहेको दुई सय ७१ सदस्यको बहुमत अर्थात् एक सय ३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुहुने छ, अन्यथा दुई सय ६६ सांसदले मत जाहेर गर्नुहुने छ ।

नेकपा (एमाले) का एक सय २१, नेकपा (माओवादी केन्द्र) का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।  

याे मत विभाजन प्रक्रियामा नेकपा एमालेकै माधव नेपाल समूह भने उपस्थित भएकाे छैन। 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया