सङ्खुवासभामा विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

 जेठ १७, २०७८ सोमबार ९:१०:३० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

सिलिचोङ गाउँपालिकामा दुई जना र खाँदबारी नगरपालिकामा दुईजनाले ज्यान गुमाएका हुन् । सङ्खुवासभामा च्याउ खाँदा ज्यान गुमाउने घटना वर्षेनि हुने गरेका छन् ।  जङ्गलमा धेरै किसिमका च्याउ पाइने र कतिपय विषालु हुने गरेकोमा च्याउ टिप्नेहरुले नचिन्दा ज्यान जाने गरेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया