सङ्खुवासभाको मादीमा किरियापुत्री बसेका दम्पतीको आगलागीमा परि ज्यान गयो

 जेठ २१, २०७८ शुक्रबार १२:४१:१२ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका-५ मा किरियापुत्री बसेका एक दम्पतीको आगलागीमा परेर ज्यान गएको छ ।

गएराति मादी नगरपालिका–५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको घरमा आगलागी हुँदा जलेर ज्यान गएको इलाका प्रहरी चौकी चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

बुबा कृष्णप्रसाद दाहालको सात दिनअघि निधन भएपछि चार छोरा र छोरीहरु मूल घरमा काजकिरियामा बसेका थिए । राजेन्द्र र कमला बिहीवार आफ्नै घरमा रहेका बेला राति आगलागी भएको खबर आएकाे मादी नगरपालिका–५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो । 

आगलागीबाट गम्भीर घाइते भएपछि ओखरबोटे बजार ल्याउँदै गर्दा उनीहरुकाे बाटैमा ज्यान गएको वडाध्यक्ष दाहालले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया