बङ्गलादेशमा कोरोना महामारी : नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने

 असार १७, २०७८ बिहिबार १३:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेपछि लकडाउनकाे घोषणा गरिएको छ । आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ लकडाउन लागू भएको बीबीसीले जनाएको छ ।  नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डेल्टा भेरियन्टका कारण केही समययता सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पालना गरेर घरभित्रै नबसे अवस्था भयावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् ।

बङ्गलादेशमा अहिलेसम्म नौ  लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको छ भने कोरोनाका कारण १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया