भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै, यसअघि छुटेकाले पनि पाउने

 असार २२, २०७८ मंगलबार ७:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि  दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा शर्माले बताउनुभयो । दोस्रो डोजको लागि काठमाण्डौ उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाण्डौ महानगरभित्र १३ वटा र काठमाण्डौका अरु पालिकामा दुई/दुई ठाउँमा खोप केन्द्र तोकिएको छ ।

भक्तपुरको ३८ वटा ठाउँमा खोप केन्द्र छन् । ललितपुरमा पालिकालाई खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया