बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने

 असार ३०, २०७८ बुधबार ६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशमा इदका लागि एक हप्ता लकडाउन हटाइने भएको छ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो । इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ ।

लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ । भीडभाड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महा-निर्देशनालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया