साउदीमा कोरोना सङ्क्रमणबाट थप १२ नेपालीको ज्यान गयो

 असार ३०, २०७८ बुधबार १४:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको ज्यान गएको छ ।

गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार गएको चार हप्तामा थप १२ नेपालीले साउदीमा कोरोनाबाट ज्यान गुमाएका हुन् ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीले अहिलेसम्म कोरोनाबाट ज्यान गुमाएका छन् । 

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।  जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् ।

 सङ्घका अनुसार गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब,  भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।  

गैर आवासीय नेपाली सङ्घले कोरोना  महामारी सुरु भए देखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा कोरोना सङ्क्रमित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया