घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

 भदौ १३, २०७५ बुधबार ७:३५:५६ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको ज्यान गएको हो । 

मंगलबार राति ९ बजे तिर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका ६ जना मध्ये ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
 
बुवा आमासहित २ छोरी र १ छोराको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया