लकडाउन कार्यान्वयन गर्न सिड्नीमा सेना परिचालन

 साउन १५, २०७८ शुक्रबार १४:२६:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया सरकारले थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ । 

गएको जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टबाट झन्डै तीन हजार जना सङ्क्रमित भएका छन् भने नौ जनाको ज्यान गएको छ । 

तर लकडाउन कार्यान्वयन गराउनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ । धेरै मानिसलाई त्यसलाई आवश्यक मानेका छैनन् ।

कम्तीमा अगस्ट २८ तारिखसम्म लगाइने लकडाउनमा मानिसहरू आवश्यक व्यायाम, किनमेल, हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन पाउने छैनन् । 

अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिक प्रहरीसँगै धेरै सङ्क्रमण फैलिएका ठाउँमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न खटिनेछन् । यस्तै लकडाउनमा दश किलोमिटरभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । 

शुक्रवार थप एक सय ७० जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया